Skip to content

नेपाली आरती एवं जयकार

जय जगदीशहरे आरती

ॐ जय जगदीशहरे, प्रभु ! जय जगदीशहरे ।
प्रभुका चरण उपासक, कति कति पार तरे ।
ॐ जय..

मनको थाल मनोहर प्रेमरुप वाती ।
भाव कपूर छ मंगल, आरति सब भाँती ॥
ॐ जय..

नित्य निरञ्जन निर्मल, कारण अविनाशी ।
शरणागत प्रतिपालक, चिन्मय सुखराशि ।
ॐ जय..

सृष्टिस्थितिलयकर्ता त्रिभुवनका स्वामी ।
भक्तिसुधा वर्षाउ, शरण पर्यौ हामी ।
ॐ जय..

आसुर भाव निवारक तारक सुखदाता ।
गुण अनुरूप तिमी हौ, हरिहर हौ दाता ।
ॐ जय..

युग-युग पालन गर्छौ अगणित रुप धरि ।
लीलामय रस विग्रह, करुणा मूर्ति हरि ।
ॐ जय..

समता शान्ति प्रदायक, सज्जन हितकारी ।
चरण शरण अव पाऔ प्रभु भवभय हारी ।
ॐ जय..

भाव मनोहर देउ, साधक फलदायी ।
जीवन धन्य बनोस, प्रभु पदसेवा पाई ।
ॐ जय..

संयम सुर सरिताको अविरल धार बहोस ।
जति जति जन्म भएपनि, प्रभुमा प्रेम रहोस् ।
ॐ जय..

प्रेम सहित शुभ आरति जसले नित्य गर्यो ।
दिन-दिन निर्मल बन्दै, त्यो भव सिन्धु तर्यो ।
ॐ जय..

ॐ जय जगदीशहरे प्रभु जय जगदीशहरे ।
प्रभुका नाम जपि जपि, कति भव सिन्धु तरे ।
ॐ जय....

जय-जयकार

आरती सकिएपछि परिवारका सबै सदस्यले हात जोडेर सामूहिक रूपमा जय-जयकार गर्ने।

बोल श्री गणेश भगवानको — जय!
बोल श्री महालक्ष्मी माताको — जय!
बोल श्री महाकाली माताको — जय!
बोल श्री महासरस्वती माताको — जय!
बोल श्री कुबेर भगवानको — जय!
बोल दीप-देवको — जय!
बोल सनातन धर्मको — जय!

नेपाली–संस्कृत पूजा विधि र ग्रन्थ सङ्ग्रह