रूप
दीप मालिका पूजा विधि
सर्वप्रथम पारिवारिक परम्पराअनुसार पूज्य पितृ तथा कुल-देवता, ग्राम-नगर-देवताहरूको बीचमा तोरीको तेलको एउटा ठूलो दियो र त्यसको वरिपरि एघार-एक्काइस-एकाउन्न अथवा बढी साना दियो, एउटा परात (ठूलो थाल) मा राखेर सजाउने। त्यसपछि 'दीप-देव' को ध्यान गर्ने।
ध्यान
पूजाको सुरुवात दीप-देवको ध्यानबाट गर्नुपर्छ। दीप-देवको ध्यान गर्दै तलको मन्त्र पढ्ने।
भो दीप! ब्रह्म-रूपस्त्वं ह्यन्धकार-विनाशकः !
गृहाण मया कृतां पूजां, ओजस्तेजः प्रवर्धय॥
पुष्पाञ्जलि
दीप-देवको ध्यानपछि, दीप-देवको पूजा गर्दै तलको मन्त्र पढ्ने र दुवै हातका हत्केला जोडेर अञ्जलिमा तीनवटा फूल लिई दियोको सामु वा नजिक छोड्ने।
ॐ दीप-वृक्षाय नमः।
प्रार्थना
दीप-देवको पूजापछि, तलको मन्त्रले प्रार्थना गर्दै दीप-मालिकाको अभिवादन गर्ने।
शुभं करोतु कल्याणमारोग्यं सुख-सम्पदम्।
मम बुद्धि-प्रकाशं च दीप-ज्योतिर्नमोऽस्तु ते॥
शुभं भवतु कल्याणमारोग्यं पुष्टि-वर्धनम्।
आत्म-तत्त्व-प्रबोधाय दीप-ज्योतिर्नमोऽस्तु ते॥
दीपावलिर्मया दत्ता गृहाण त्वं सुरेश्वरि!
अनेन दीप-दानेन ज्ञान-दृष्टि-प्रदा भव॥