रूप
नवग्रह एवं षोडश मातृका पूजा
सङ्क्षिप्त नवग्रह पूजा
1. आवाहन
नौ ग्रहहरूको संक्षिप्त पूजनका लागि कलशको सामु एउटा पात्र वा माटोको प्याला राख्ने। त्यसपछि देब्रे हातमा गन्धाक्षत लिई भावनासहित सामूहिक रूपमा ती सबैको तलको मन्त्र उच्चारण गर्दै आवाहन गर्ने, र यो मन्त्र पढेर उक्त पात्रमा गन्धाक्षत छोड्ने।
ॐ सूर्य-चन्द्र-मङ्गल-बुध-बृहस्पति-शुक्र-शनिश्चर-राहु-केतु-नव-ग्रहेभ्यो नमः।
ॐ नव-ग्रहाः ! इहागच्छ, इह तिष्ठ, मम पूजां गृहाण।
2. दशोपचार पूजन
तलका मन्त्रहरूमा प्रत्येक मन्त्रको सुरुमा ॐ लगाएर क्रमशः सूर्यादि नौ ग्रहहरूको पाद्यादि उपचारहरूले पूजन गर्ने।
ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः पादयोः पाद्यं समर्पयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः शिरसि अर्घ्यं समर्पयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः गन्धाक्षतं समर्पयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः पुष्पं समर्पयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः धूपं घ्रापयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः दीपं दर्शयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः नैवेद्यं समर्पयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः आचमनीयं समर्पयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः ताम्बूलं समर्पयामि।ॐ सूर्यादि-नव-ग्रहेभ्यो नमः दक्षिणां समर्पयामि।
3. प्रार्थना
हात जोडेर सबै ग्रहहरूको प्रार्थना गर्ने।
ब्रह्मा-मुरारिस्त्रिपुरान्त-कारी, भानुः शशी भूमि-सुतोबुधश्च।
गुरुश्च शुक्रः शनि-राहु-केतवः, सर्वे ग्रहाः शान्ति-करा भवन्तु॥
मातृका पूजा
1. आवाहन
षोडश मातृकाहरूको संक्षिप्त पूजनका लागि कलशको सामु एउटा पात्र वा माटोको प्याला राख्ने। त्यसपछि दाहिने हातमा गन्धाक्षत लिई भावनासहित सामूहिक रूपमा तलको मन्त्र उच्चारण गर्दै उनीहरूको आवाहन गर्ने, र यो मन्त्र पढेर उक्त पात्रमा गन्धाक्षत छोड्ने।
ॐ गौरी-पद्मा-शची-मेधा-सावित्री-विजया-जया-देवसेना-स्वधा-स्वाहा-माता लोक-माता-हृष्टि-पुष्टि-तुष्टि-कुल-देवता-षोडश-मातृकाभ्यो नमः।
ॐ षोडश- मातृकाः! इहागच्छ, इह तिष्ठ, मम पूजां गृहाण।
2. दशोपचार पूजन
त्यसपछि क्रमशः तलका मन्त्रहरूले सोह्र मातृकाहरूको पाद्यादि उपचारहरूले पूजन गर्ने।
ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः पादयोः पाद्यं समर्पयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः शिरसि अयं समर्पयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः गन्धाक्षतं समर्पयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः पुष्पं समर्पयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः धूपं घ्रापयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः दीपं दर्शयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः नैवेद्यं समर्पयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः आचमनीयं समर्पयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः ताम्बूलं समर्पयामि।ॐ गौर्यादि-षोडश-मातृकाभ्यो नमः दक्षिणां समर्पयामि।
3. प्रार्थना
त्यसपछि हात जोडेर सोह्र मातृकाहरूको प्रार्थना गर्ने।
ते सम्मता जन-पदेषु धनानि तेषां, तेषां यशांसि न च सीदति धर्म-वर्गः।
धन्यास्त एव निभृतात्मज-भृत्य-दारा, येषां सदाऽभ्युदयदा भवती प्रसन्ना