रूप
जय जगदीशहरे आरती
ॐ जय जगदीशहरे, प्रभु ! जय जगदीशहरे ।
प्रभुका चरण उपासक, कति कति पार तरे ।
ॐ जय..मनको थाल मनोहर प्रेमरुप वाती ।
भाव कपूर छ मंगल, आरति सब भाँती ॥
ॐ जय..नित्य निरञ्जन निर्मल, कारण अविनाशी ।
शरणागत प्रतिपालक, चिन्मय सुखराशि ।
ॐ जय..सृष्टिस्थितिलयकर्ता त्रिभुवनका स्वामी ।
भक्तिसुधा वर्षाउ, शरण पर्यौ हामी ।
ॐ जय..आसुर भाव निवारक तारक सुखदाता ।
गुण अनुरूप तिमी हौ, हरिहर हौ दाता ।
ॐ जय..युग-युग पालन गर्छौ अगणित रुप धरि ।
लीलामय रस विग्रह, करुणा मूर्ति हरि ।
ॐ जय..समता शान्ति प्रदायक, सज्जन हितकारी ।
चरण शरण अव पाऔ प्रभु भवभय हारी ।
ॐ जय..भाव मनोहर देउ, साधक फलदायी ।
जीवन धन्य बनोस, प्रभु पदसेवा पाई ।
ॐ जय..संयम सुर सरिताको अविरल धार बहोस ।
जति जति जन्म भएपनि, प्रभुमा प्रेम रहोस् ।
ॐ जय..प्रेम सहित शुभ आरति जसले नित्य गर्यो ।
दिन-दिन निर्मल बन्दै, त्यो भव सिन्धु तर्यो ।
ॐ जय..ॐ जय जगदीशहरे प्रभु जय जगदीशहरे ।
प्रभुका नाम जपि जपि, कति भव सिन्धु तरे ।
ॐ जय....