Skip to content

दिदीबहिनी–दाजुभाइ पूजा र टीका

दिदीबहिनीले यमुनाको प्रार्थना गर्ने—

ॐ जटिलाः श्मश्रुला दक्षास्त्वग्धमन्यस्थिरूपिणः।
मम पापहराः सन्तु सोमसूर्याग्निवर्चसः॥
यथास्ति यमुना देवी यमेयं भ्रातृशालिनी।
तथा मे भ्रातरः सन्तु प्रतिजन्मसु सुव्रताः॥

यसपछि दिदीबहिनीले दाजुभाइको पूजा गरेर प्रार्थना गर्ने—

ॐ मार्कण्डेय नमस्तेऽस्तु नमस्ते महदायुषे।
चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम॥
यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात्।
तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि॥
आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता।
वाक्पटुत्वमजाड्यञ्च जायतां तव सर्वदा॥

अब दाजुभाइले दिदीबहिनीको पूजा गरी प्रार्थना गर्ने—

ॐ त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती।
त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा॥
आयुर्लक्ष्मीर्धनं धान्यं पाश्वादिकमरोगिता।
सर्वं त्वदर्चनाद्दीप्तं भवेज्जन्मनिजन्मनि॥

अविवाहिता बहिनीको पूजा गरी प्रार्थना गर्ने मन्त्र—

ॐ दयानिधिस्तुल्यवयः स्वरूपो गुणैकपूर्णः कुशलः शतायुः।
क्षितीन्द्रनाथो निजधर्मबुद्धि–श्चित्तानुगस्ते पतिरस्तु कन्ये॥

यसपछि अर्घ्यदान गरी पूर्णपात्रो, ब्राह्मणलाई दक्षिणा आदि गर्ने।

यसपछि दिदीबहिनीले दाजुभाइको पूजा, प्रार्थना गर्ने र जलपूर्ण कलशमा तेल मिलाएर तीन पटक परिक्रमा गर्ने (छेक्ने)। अनि सप्तरङ्गी टीका लगाइदिने र आफ्नै घरमा भोजन गराउने।

सकेसम्म भाइटीका दिन आफ्नै घरमा बोलाएर पूजा गरी टीका लगाई भोजन गराउनु चेलीबेटीको कर्तव्य मानिन्छ। उचित उपहार, दक्षिणा आदिले चेलीबेटीको उचित सम्मान गर्नु भाइहरूको कर्तव्य हुन्छ। दाजुभाइले चेलीबेटीबाट कपडा आदि कुनै पनि उपहार लिनु हुँदैन भनी धर्मशास्त्रमा लेखिएको छ। त्यसकारण भाइबन्धुले दिदीबहिनीलाई उपहार दिने हो, लिने होइन। तर दाजुभाइले दिदीबहिनीकहाँ भोजन गर्नुपर्ने शास्त्रवचन भने पाइन्छ।

यसपछि स्थापित देवताको विसर्जन गरेर दाजुभाइबाट टीका लगाएर प्रसाद ग्रहण गरी रमाइलोका साथ दिन बिताउनु पर्दछ।

नेपाली–संस्कृत पूजा विधि र ग्रन्थ सङ्ग्रह