रूप
भाइटीका – पूजाविधि (यमराज पूजा)
प्रतिज्ञा संकल्पपछि अर्घ्यस्थापना गर्ने। अर्घ्यपात्रमा जल, दुध, दही, कुशका टुक्रा, अक्षता, तिल, जौ, सर्स्युं, दूबो राखेर चन्दन, फूल, अक्षता आदिले पूजा गरेपछि—
ॐ गङ्गे च यमुने चैव गोदावरि सरस्वति।
नर्मदे सिन्धुकावेरी जलेऽस्मिन् सन्निधिं कुरु॥
यस मन्त्रद्वारा अर्घ्यजलले पूजासामग्री चोख्याउने। यसपछि दीप–कलश–गणेशको क्रमशः विधिवत् पूजा गर्ने। यमको पीठ षड्दल या अष्टदलमय भएको कल्पना गरेर पूजाथालीमा पनि त्यस्तै पद्माकार अष्टदल लेखी त्यसमा बिमिरो राखी पहेंलो कपडाले बेरेर यमराजको पूजा गर्नुपर्दछ। यमराजको छेउमा यमुनालाई समेत स्थापना गरी पूजा गर्नुपर्दछ। ‘ॐ मनोजूति…’ आदि मन्त्रले यमराज र यमुनाको प्राणप्रतिष्ठा गर्ने।
यसपछि (हातमा फूल, चन्दन र अक्षता लिएर) तलको मन्त्रले यमराजको ध्यान गरी पूजा गर्ने—
ॐ मेघश्यामं प्रसन्नास्यं नानालङ्कारसंयुतम्।
महिषस्थं दण्डधरं संस्तुतं पितृभिर्वृतम्।
नानारूपधरैर्दूतैः श्वेतवस्त्रं भजेद्यमम्॥
- ध्यानं समर्पयामि, सपरिवारयमाय नमः।
- आवाहनं समर्पयामि, यमाय नमः।
- आसनं समर्पयामि, यमाय नमः। (आसनका लागि कुश र फूल चढाउने।)
- पाद्यं समर्पयामि, यमाय नमः।
- अर्घ्यं समर्पयामि, यमाय नमः।
- आचमनीयं समर्पयामि, यमाय नमः।
- स्नानीयं समर्पयामि, यमाय नमः।
- पञ्चामृतस्नानं समर्पयामि, यमाय नमः।
- शुध्दोदकस्नानं समर्पयामि, यमाय नमः।
- वस्त्रं समर्पयामि, यमाय नमः।
- यज्ञोपतवीतं समर्पयामि, यमाय नमः।
- उपवस्त्रं समर्पयामि, यमाय नमः।
- तदन्ते आचमनीमं समर्पयामि, यमाय नमः।
- चन्दनं समर्पयामि, यमाय नमः।
- अक्षताः समर्पयामि, यमाय नमः।
- पुष्पं, पुष्पमालां समर्पयामि, यमाय नमः।
- धूपं आघ्रापयामि, यमाय नमः।
- दीपं दर्शयामि, यमाय नमः।
- नैवेद्यं निवेदयामि, यमाय नमः।
- फलं, ऋतुफलञ्च समर्पयामि, यमाय नमः।
- ताम्बूलं समर्पयामि, यमाय नमः।
- एतदन्ते आचमनीयं समर्पयामि, यमाय नमः।
- द्रव्यदक्षिणां समर्पयामि, यमाय नमः।