Skip to content

द्यूतक्रीडाको महत्त्व

परिवारका सबै सदस्य बसेर विधिपूर्वक कौडा पूजा गरी खेलिने खेल नै द्यूतक्रीडा हो। यसलाई व्यवहारमा जुवा खेल्ने भनिन्छ। द्यूतक्रीडामा सबैले तलको मन्त्र पढेर विजय प्राप्ति होस् भन्ने कामनाका साथ विजया पूजा एवं प्रार्थना गर्नुपर्दछ।

या लक्ष्मीर्दिवसे पुण्य दीपावल्याश्च भूतले।
गवां गोष्ठे च कार्तिक्यां सा लक्ष्मी वरदा मम॥

जुवा खेलेपछि जसले जितेको हुन्छ त्यसैका हातबाट वर्षदिन सम्मको घरव्यवहारको लेनदेन, आर्थिक कारोबार र महत्त्वपूर्ण लगानी गर्नुपर्दछ।

नेपाली–संस्कृत पूजा विधि र ग्रन्थ सङ्ग्रह