रूप
यमदूत पूजा र प्रार्थना
यसपछि यमदूतहरूको पूजा गर्ने। (अन्य देवताको स्थानमा पैसा, सुपारी वा फूल राखी पूजा गर्नुपर्छ। आङ्गिक देवताहरूलाई पञ्चोपचार विधिले चन्दन, अक्षता, फूल, धूप र दीपले पूजा गर्न सकिन्छ। यसो गर्दा गन्धाक्षतपुष्पाणि समर्पयामि, नमस्करोमि, धूपं आघ्रापयामि, दीपं च दर्शयामि भन्ने।)
यमदूतेभ्यो नमः।
यमदूतहरूको प्रार्थना
(हातमा फूल, चन्दन र अक्षता लिएर नमस्कार गर्ने)
ॐ नमोऽस्तु यमदूतेभ्यो बलिनां ये महाबलाः।
मनोऽनिलाक्रान्तवेगाः पाशमुद्गरधारिणः॥
मम सौख्यकराः सन्तु पीडयन्तु न मां क्वचित्।
ममापचरितं सर्वं विस्मरन्तु दयालवः॥