रूप
भाइटीका – पूजाको तयारी
दैनिक गरिने नित्यकर्म सकेर दियो, कलश, गणेश ठीक पार्ने। त्यसपछि बिमिरो आदि फलमा यमराज पूजाको तयारी गर्ने। मार्कण्डेयलगायत अष्टचिरञ्जीवीको पूजा गर्नका लागि पनि सबै पूजा सामग्री तयार गरेर राख्ने।
षोडशोपचार विधिले पूजा गर्दा तलका सामग्री तयार पारेर राख्ने—
- फूल
- कर्मपात्र (पछि निर्माण गरिने)
- कुशका टुक्रा
- पाद्य (जल)
- अर्घ्य (पछि निर्माण गरिने)
- आचमनी (जल)
- स्नान (जल)
- पञ्चामृत (दूध, दही, घिउ, चिनी, मह)
- शुद्धोदक (जल)
- चन्दन
- अक्षता
- नैवेद्य (फलका चाना वा धेरै ठाउँ चढाउने पक्वान्न)
- वस्त्र
- जनै
- ताम्बूल (पान, सुपारी, अलैंची, सुकुमेलमध्ये कुनै)
- दक्षिणा (चानचुने पैसा)
- तिल–जौ
- धूप
- दीप (बाती)
- रङ, अबिर आदि
- दुना–टपरा
- चामल
- पानी
भाइटीका का लागि सात रङ, अबिर, पीठो, अक्षता, तेल, माला, मिष्ठान्नलगायत खानेकुरा, उपहार आदि तयार पारेर राख्ने। भाइटीका दिनका मुख्य कर्ता दिदीबहिनी भएकाले उनीहरूले नै संकल्पदेखिका सबै पूजा गर्नुपर्छ।