रूप
सुरुमा कर्मपात्र निर्माण
कचौरा आदिमा ‘ॐ यद्देवा…’ इत्यादि मन्त्रले देवताहरूलाई आवाहन गर्ने। त्यसपछि तलका मन्त्रहरूले क्रमशः सामग्री राख्ने—
- ‘ॐ पवित्रेस्थो…’ इत्यादि मन्त्रले कुशका टुक्रा र पवित्र राख्ने।
- ‘ॐ शन्नो देवी…’ इत्यादि मन्त्रले जल हाल्ने।
- ‘ॐ गन्धद्वारान्दुरा…’ इत्यादि मन्त्रले चन्दन राख्ने।
- ‘ॐ अक्षन्नमीमदन्त…’ इत्यादि मन्त्रले अक्षता राख्ने।
- ‘ॐ यवोसि…’ इत्यादि मन्त्रले जौ राख्ने।
- ‘ॐ तिलोसि सोम…’ इत्यादि मन्त्रले तिल राख्ने।
- ‘ॐ श्रीश्च ते…’ इत्यादि मन्त्रले फूल राख्ने।
त्यसपछि तीनवटा कुशका टुक्रा र कर्मपात्रको जल हातमा लिएर पूजासामग्री, पूजास्थल र आफूलाई समेत छर्कने। अब कर्मपात्रको जल हातमा लिएर ‘मेरो र मेरा दाजुभाइहरूको चिरायु, आरोग्य ऐश्वर्य र सबैतिरबाट उदयको प्राप्तिका लागि यम आदि देवताहरूको पूजा गर्दछु’ भन्ने भावका साथ प्रतिज्ञा संकल्प गर्ने।